मन्सरा पहेँलो भुस र लाम्चा बाला हुने खालको एक प्रकारको धान; मन्सरा हो।मन्सरा,एक नव वितानमा नव रैतानीको आरम्भको कविता हो।धानको पसाइ वा उम्राई आफैमा प्राक्रितिक रूपमा कति अजब कमालको प्रकृिया छ।धान फल्नु हामीलाई झट्ट हेर्दा साधारण लाग्दछ तर एउटा बिज रोपिसकेपछि ,टुसा अङ्कुराउन राम्रो हावापानी ,राम्रो जिलाई र चाकरी चाहिन्छ। त्यो बिज उब्जिएर फूल लागे देखी,धानका बाला लागुञ्जेल सम्म धेरै सकस हुन्छ। धान अङ्कुराईरहदा अल्प याम बिताएर ,झरिरहदा ,मन्सराका बालाले आफ्ना पर्यावरण वरिपरि बास्ना छरेर जान्छे र सौन्दर्यले सबैलाई तडपाएर जान्छे।मन्सराका सर्वणिम चमकदार बालाको सौन्दर्यको झिल्का समयसगै नुहेर ,विलिन भएर जान्छ।सर्दी यामको आगमन भन्दा अगाडि नै बाली भित्राउदा के बाला तरूनोनै रहला त भन्ने कविता हो।यो कविता सौन्द्रयको हो,बास्ना बोक्ने बतासको हो,शयेन नजर भएका गिद्दको हो,प्रेमको हो,वायुमातको हो ,पुष्परसको हो ,बिछोडको हो ,नव यामको हो,धानका बालाको हो। अतं यो कविता मन्सराको हो। कविता आज उसले बिज रोप्ने छ सौम्य ती गलेका ...