मन्सरा
पहेँलो भुस र लाम्चा बाला हुने खालको एक प्रकारको धान; मन्सरा हो।मन्सरा,एक नव वितानमा नव रैतानीको आरम्भको कविता हो।धानको पसाइ वा उम्राई आफैमा प्राक्रितिक रूपमा कति अजब कमालको प्रकृिया छ।धान फल्नु हामीलाई झट्ट हेर्दा साधारण लाग्दछ तर एउटा बिज रोपिसकेपछि ,टुसा अङ्कुराउन राम्रो हावापानी ,राम्रो जिलाई र चाकरी चाहिन्छ।
त्यो बिज उब्जिएर फूल लागे देखी,धानका बाला लागुञ्जेल सम्म धेरै सकस हुन्छ।
धान अङ्कुराईरहदा अल्प याम बिताएर ,झरिरहदा ,मन्सराका बालाले आफ्ना पर्यावरण वरिपरि बास्ना छरेर जान्छे र सौन्दर्यले सबैलाई तडपाएर जान्छे।मन्सराका सर्वणिम चमकदार बालाको सौन्दर्यको झिल्का समयसगै नुहेर ,विलिन भएर जान्छ।सर्दी यामको आगमन भन्दा अगाडि नै बाली भित्राउदा के बाला तरूनोनै रहला त भन्ने कविता हो।यो कविता सौन्द्रयको हो,बास्ना बोक्ने बतासको हो,शयेन नजर भएका गिद्दको हो,प्रेमको हो,वायुमातको हो ,पुष्परसको हो ,बिछोडको हो ,नव यामको हो,धानका बालाको हो। अतं यो कविता मन्सराको हो।
कविता
आज उसले बिज रोप्ने छ
सौम्य ती गलेका मुलायाम माटाहरुमा
अनि
फलेर आउने छिन् मन्सरा
मन्सराका ती लहलह बालामा झुल्ने छ,
बिहानीको पुष्परस
पुष्परसको लोभमा आउने भमरा त्यही भुलिनेछन्
एक तमासले
फेरि हावाको झोक्का चल्ने छ,वायु मात
सुनाखरी वाला घरी यता र घरी उता गरि झुलिने छन्
अजुँली भरिका अचर शितका कण
नुहाएकी मन्सरा हुँदै तल झर्ने छन्
नव यौवनमा संश्लिष्ट वाला
नुहेर तल आफ्ना फरिया पछार्ने छिन्।
सधन ती आकृति देखेर,
तृप्त दोषी आँखा,श्येन दृष्टि,गरुड,लालहित।
दोष कसको?यक्ष प्रश्न
-लोभीत व्यस्क।अहो!संसार चक्र
यथेष्टित इच्छा ।
फेरी फैलिने छिन्आ
काश गंगा नअटिने,
गंगा सगर सरि निर्मल
बतासे,बतासे छ वास्ना
उडाएर लग्यो परपर
मिगतष्णित गरुड, वास्नाको लोभ।उड्यो त्यतै
अठ्याई नसक्दो पीडा
बिडम्बना
मुक्त,मुक्त,मुक्त
निष्ठुरी मन्सरा
बज्नेछिन्
एक सुर हुनेछ,एक लहरमा
भ्यानभ्याइ बतास हुनेछ ,यता र उता बग्ने छ ताल बोकेर
मधुर धुनमा
छमछम छमछम।।
✍️Niteshttales
.jpg)
Comments
Post a Comment