Skip to main content

दशैँ र सिलीगुड़ीको हावा


 दशैँ र सिलीगुड़ीको हावा            
भाग-१

पश्चिममा घाम सल्कनु अघिनै हर्कमानको घर पछाडीको डिबिया  भित्र सानो उजेली परैबाट उज्जर थियो।गोठभित्र खनिएको ठाँउबाट दुईवटा खाबा गाडेर अगाडिको शिर पट्टि ढेड फुट जति वर मुस्ली जोडिएको थियो भने पछाडी सम्म परेको भागमा उभिएर दुईजना स्वास्नी मान्छे खुट्टाले भसाएर ढिकी उचाल्दै पर्छादै थिए।भरखर भरखर धान फुटेका चिउराको आलो राग हर्कमानको घर अगाडि बाटा भरि रत्तिएको थियो।घरको पिढी देखि लिएर भित्ताका भाटाहरू सबै गोबरले लेप लगाएको थियो।सकभर आज सबैकाका घर रतुवा मटकिलोले फर्माएको छ।त्यतिनै बेला पर खेतका आली हुँदै सेता मलिन परेको गन्जी ,पसिनाले टपक्कै जिउमा टासिएको,बाहिर कालो रंगको सर्ट,सर्टका टाँक जति जम्मै खुल्ला भएर सर्टका भाग उत्तर र दक्षिण हावामा नासिरहेको मान्छे घामको मलिन चहकमा उसै हर्कमानको घर तर्फ आइरहेको थियो।तल भुँइमा सोरौला झैँ गरेर फुकेर ठुला ठुला हावा भरिएका जिन्सका पाइन्ट, पाइन्टमाथि कसिएका काला छालाका  कम्मर पेटी अडिएको थियो। छालाको गुण  भने कालान्तरले उखलेर छरप्रष्ट थियो।बडेमानको वक्ष छाती ले थामिएर काँधसम्म पुगेको थियो भने नमिलेका केशहरु हावा सँगै यता र उता हल्लिरहेका थियो।एउटा कालो चस्मा निधार भन्दा माथिका जुल्फीमा समातेर अडिएको थियो।कानलाई समाती केशबाट तपतप पसिना चुहेरहदा बाक्ला ती आखिभौँ तलतिर मसिना जुँगाका रेखी छन् ।नकाटिएका गालाका रौँहरु एकअर्का सँग रगडिएर तछाड मछाड गर्छन्।

पुग नपुग २८ होला ठिटो। घामको रापले धाँसिएको छ।।आलीको बगलमा घरीघरी बसी सुँइसुँइ सुस्केरा हालिरहेको छ ।एका हातमा भने रेडियो छ।रेडियो नँया देखिन्छ ।रेडियो हावाको सुस्केरा सगैँ चर्को तालमा गीत बजिरहेको छ।उसैगरि ऊ रेडियोको बटन बटारेर झनझन तिक्खर बजाउँछ।गीत बजाउँदै उकाली लागीरहदा गाँउका भुराहरू उसका अघि पछी घेरा लाग्छन्।

"आज ना छोडूँगा तुझे दम दमा दम
तूने क्या समझा है मुझे दम दमा दम
दिल में है तूफ़ान भरा दम दमा दम
नाच मेरी जान ज़रा दम दमा दम"




हर्कमानको घरसम्म त्यस ठिटोलाई भुराहरूले भने पछाईरहे।
"कहिल्यै यता नेपाल बतासिस हो कान्छा ।"तमासा हेरिरहेका हर्कमानले माथि घरका झ्यालबाट चिहाए।

"भयो हौ काका तीन दिन ।हिजो अस्ति माथि सदरमुकाम बस्यो।आज ओरालो लागेको।"

"यसपाली त बस्छस होला नि त।"

"हैन काका ! फर्किन्छु दशैँ बाधेर ।"

आज लोकमान गाउँ पसेको छ दशैँको सुवास लिएर।दशैँको रोगन  गाउँ भरी आज देखि फैलिएको छ।हरेक वर्ष यसै गरि विभिन्न भेष,भिन्न छविमा दशैँका हप्ता गाउँमा अर्को वह लिएर छिर्छ ।गाउँको दशैँको राग कस्तो भिन्नै हुन्छ।त्यसैले त गाउँ सम्झेर ऊ हरेक वर्ष गाउँ फर्कन्छ।मान्छेहरू दशैँको धमाधम तयारी गर्न थालीसकेका थिए।कतिका घरमा चामल कुटिसके,कतिका पालामा छन्,कतिका घरमा खसी अस्ति सदरमुकामबाट आइसकेँ,कतिका घरमा खसीनै नआए पनि सकिनसकि पावा दुई केजी मासु अष्टमिका दिन भान्सामा पाक्नेछ।कसैको घरमा यो पाली विदेसिएका बुढा आउँदैछन्,छोरा आउँदैछन्।हर्ष उल्लास दोब्बर आयतनले बढ्ने छ।मैयाँ काकीका छोराछोरीले नँया लुगाको रहर गर्ने छन्।बजारमा भोली नभए पर्सि गएर आफ्ना छोराछोरीलाई किनिरहदा पल्ला घरका भक्तबहादुरको छोराको नि सम्झना गर्ने छिन ।कठै कसरी पुरायोस त्यो भक्तेले ?कति आशा गर्दो हुन उसका छोराछोरीले पाल्ला घरका केटाकेटीले नँया लुगा लगाएको देखेर ।यो सम्झेर मैया काकीको मन कटक्क हुने छ ।दया दृष्टि मनोभावले  एक जोडा कपडा थप्ने छिन ।कसैको घरमा चुलो नबल्ने भन्ने हुने छैन ।मिठो मसिनो गाउँ आफैले बाड्नेछ ।दशै,गाउँ सबैले बाडेर भित्रयाउने छन।थोर बहुत सबैले खुशी पार्ने छन् अनि उसैगरि दशैलाई बिदा पनि गर्नेछन ।दशै पनि खुसिहाल फर्कने छ अर्को वर्ष उसैगरि सुखभोगमा आउने सर्तबन्दीमा

घरका माथिका झ्यालबाट लोकमानलाई हेरिरहेका हर्कबहादुर परसम्म उसलाई  हेरेर टोलाइरहन्छन्।आज मेरो छोरा पनि मुगलानबाट यसरी नै फर्किन्थियो होला भनी अनुमान लगाउँछन्।हर्कबहादुरको छोरा खसेका १८ वर्ष भइसक्यो।अकालमा चुडेर लग्यो।मुटुमा टाटो घाउ धेरै वर्षसम्म रहिरह्यो।हरेक दशैँमा ऊ सगैँका ठिटा गाउँ फर्कदा छोराको सम्झनाले कटक्क मन दुखाउँछन्।आज छोरा यत्रै हुन्थियो होला भनी अनुमान गर्छन्।गाउँ फर्कदा हरेक वर्ष दशैँमा लोकमान गएर हर्क काकासगँ दरटिका थापिदिन्छ।हर्कबहादुर पनि आफ्नै छोरा सरी माया गर्छन।लोकमान पनि काकालाई बडो सादार गर्छ,आदार गर्छ,प्रेम  गर्छ।अलि भएपनि दशैँको बेला हर्कबहादुरको मन उसलाई हेरेसी हलुङो हुन्छ।अनि भन्छन् "लोके,आज मेरो छोरा छैन,बुढी नि छिटै बिती तर त यसरी सधैँ आएर टीका थाप्दा आफ्नै छोरा आएर लगाए जस्तो लाग्छ।लोकमान पनि खिसिक्क हास्दै म पनि त तिम्रै छोरा हु नि त बाबै भन्छ ।हर्कप्रसादका आँसु आँखा वरिपरि छटपटाउँदा गदगद भएर मुसुकुराइदिन्छन्।



लोकमान भारतको सिलगुडीमा बस्छ।हरेक वर्ष गाउँ फर्कदा सिलगुडीको हावा पनि ऊ सगैँ बतासिएर आउँछ।त्यहा यस्तो,त्यस्तो ,यो देखे,यसलाई देखे ,यस्तो खाए,यता गए त्यता गए,बम्बाई पुगे,कोलकाता घुमेँ,यहा बाट ल्याएको यो,त्यो भन्दै नयाँ नयाँ सामान र जिनिस सबैलाई देखाउथियो।जिनिस देखेसी मान्छेहरूले पनि उसका बातमा सहमत जनाउँथे।गाँउलेहरू त त्यस्ता कुरा सुनेका मात्र हुन्थेँ।आफ्नै अगाडि देख्दा त लोकमानको कुरा पनि मान्य हुन्थियो ।हरेक बर्ष आउदा भिन्दाभिन्दै सामान आँउथे ।सामानसगैँ थुप्रै काहनी आउँथे ।सहरको काहनी ,मान्छेका कहानी ।अस्तिका बर्ष हिन्दी सिनेमाका अभिनेता आमिर खानको अटोग्राफ ल्याएको थियो।कति बुडापाकाले त आमिर खानलाई चलचित्रमा देखेका पनि छैन्न। रडेयोमा कहिलेकाही सुनेका मात्र छन्।बाकी तन्नेरिलेचाहिँ बजारमा पोस्टर देखेका छन।तल सदरमुकामको हलमा फिलिम पनि हेरेका छन ।यस्तो अकल्पनिय कुरा देख्दा सबै छक्क पर्थिए।सोही बर्ष गाँउ आउदा हिरो आमिर जस्ता लामालामा आकार भएका भुक्कभुक्क फुलेका सेतो पाइन्ट र सेतै कोटमा आएको थियो।भरत फिलिम भनेसी हुरुक्कै हुण्थियो ,त्यसमाथि आमिर खानको ठूलो फ्यान ठियो ।कोठा भरि बजारमा टासेका फिलिमका पोस्टर छने ठुला ठुला ।त्यो  अटोग्राफ कति ढिपि गर्दा नि लोकमानले उसलाई दिएन।पैसा लिन्छु भन्थियो।कम दुख गरेर पाएको हो भन्थियो।येतिकै पाइन्छ, उ वाउठिन्थियो।त्यसता ठुला मान्छे जसलाई पाए त्यसलाई अटोग्राफ दिन्छन्।त्यसमाथि भेट्न बम्बाई जानुपर्छ ।कैयो गफ सुनाउथियो




सुनखानिको,हिमाञ्लको, मद्रास घुमेको।तिनीहरूको त भाषै नबुझ्ने के भन्छन! भन्छन्! इसाराले बोलाउनु पर्ने तर मान्छे चाहिँ कालो भए पनि गुणी चै है। लोकमान एकपल्ट मद्रासको कहानी सुनाउँदा  भनेको थियो। एक चोटी मद्रास घुम्न जाँदा हराउँदा ल्याएर होटलसम्म लगिदिएका थिए। घुम्न त कति घुम्यो घुम्यो ।होटलका होटल, मान्छे पिछै मान्छे ,ठाउँठाउँ शहर शहर भन्दै गफ गरिरहन्थ्यो। सिलगुडीमा टाढैबाट दुई हात जोडेर उतैबाट नमस्कार पस्किन्छन्।बिहान खाना आएर कुलप्रसादका घरमा तास खेल्न बसेको गफ गरेर राति १२/१ बज्थियो।खेल्दा हार्दै जाँदा सामानहरु सँग साट्थियो।अस्ति वर्ष ल्याएको अटोग्राफ पनि त्यही साल तासमा कुलप्रसादसगँ हार्यो।कुलप्रसादलाई यस्ता चिजसगँ वास्ता छैन।उसले त्यो पछि भरतेलाई दिएको थियो।उसका गफ तुजुक ,रवाफ कतिले पत्याउँथे,कतिले पत्याउँदैनन् थिए तर जे भएपनि लोकमान गाउँ आउँदा गाउँलाईनै ग्वाचेँ बनाएर जान्थियो।हसाँउथियो,हल्लाखल्ला गर्थ्यो। राति अबेलासम्म कुलप्रसादका घरमा बसी तास खेल्थियो।




यो वर्षपनि काँधमा रेडियो थापेर गाउँ छिरेको छ लोकमान।यो वर्ष पनि उसै गरि कुलप्रसाद घरमा बसी तासको पत्ति फैलाउँदै कहानी सुनाउने छ।कतिले पत्याएर टाउको हल्लाउने छन्,कतिले पत्याए जस्तो गरिदिनेछन्।सके ल्याएको नयाँ रेडियो पनि बाजीमा हाल्नेछ।फेरीपनि रेडियो बाजी हार्न सक्छ तर उसले यो वर्ष उकास्ने तानामा छ।उसलाई त्यसैले खासै  लेहाज पार्दैन।
ऊ गाउँमा पसेकोमा खुसि देखिन्छ।नयाँ रेडियोबाट बजेको गीत सुनेर ढिकी कुटिरहेका आईमाईहरू एकपल्ट बाहिर आएर हेर्छन। "बज्या ! यो पाली बोल्ने  ठाडो बोकेर आएछ "भन्दै आफ्नो काममा फर्किन्छन् ।गाउँलेहरुले लोकमान आएको देखेर दशेैँको लहरसँगै सिलगुडीको बतास समेत महसुस गरेँ।                

                                                                      ✍️नितेस

                           To be continue.....

                                  ।।  







Comments

Popular posts from this blog

ए गंगा किनारे तेरे बगियामे हम चले

  ए गंगा किनारे तेरे बगियामे हम चल ए गंगा किनारे तेरे बगियामे हम चल ना साम होना सुबारे तेरे संही हम सागरके और चल पढे ए गंगा किनारे तेरे बगियामे हम चल ना दुख होगी ना होगी मजबुरिया थरथरराती ये जल सी छाल होगी इन्तजार हे सफर कि एक सुबाह और नया आगम होगी ए गंगा किनारे तेरे बगियामे हम चल ना रुके तु,ना टुटे तु ये सफर ये पल ये यौवन ना देना डुबा फिरसे तैराने पढे ना जाने किस मोड पे हम,ना किनारे देखे नाही मञ्जिल ए गंगा किनारे तेरे बगियामे हम चल

The song of nightingale and delusive flower

 The song of nightingale   Last winter, there was a nightingale that flew by Breezed in near by the window i sat And sang a song about giant mountains of west Of a far woodland and tales of love people fear about and are obsessed  An aromatic, delusive red flower on the balcony sprung up  On the mystical chant of birdly song The stories i hath never heard or felt before yearned about woodland with nightingale all along Fine morning, there was no more hymning No song was heard of the enchantment of winterland Nightingale sailed away with a dawn song to her lost love's nest Hither I asked summer's rain Where had the nightingale left;nest baked on the sun all  summer Did she winged alone to woodland to see great mountains and lakes? The sun will continue to shine against the window As if it were never meant to be Never mean to be loved But no worries When time shall pass i will no longer be fascinated by  nightingale will no longer wait for sight & her enc...

The Last Train

  Author's Note Poem Surrendering all my love on your feet Bondman of your forever's love  Though i see you,imagine you two soul free man and free woman  luggage of your love leaving on your feet  surrendering all the love i live with  I both yield and cast aside my heart's beat -Niteshtales-