Skip to main content

दशैँ र सिलीगुड़ीको हावा


 दशैँ र सिलीगुड़ीको हावा            
भाग-१

पश्चिममा घाम सल्कनु अघिनै हर्कमानको घर पछाडीको डिबिया  भित्र सानो उजेली परैबाट उज्जर थियो।गोठभित्र खनिएको ठाँउबाट दुईवटा खाबा गाडेर अगाडिको शिर पट्टि ढेड फुट जति वर मुस्ली जोडिएको थियो भने पछाडी सम्म परेको भागमा उभिएर दुईजना स्वास्नी मान्छे खुट्टाले भसाएर ढिकी उचाल्दै पर्छादै थिए।भरखर भरखर धान फुटेका चिउराको आलो राग हर्कमानको घर अगाडि बाटा भरि रत्तिएको थियो।घरको पिढी देखि लिएर भित्ताका भाटाहरू सबै गोबरले लेप लगाएको थियो।सकभर आज सबैकाका घर रतुवा मटकिलोले फर्माएको छ।त्यतिनै बेला पर खेतका आली हुँदै सेता मलिन परेको गन्जी ,पसिनाले टपक्कै जिउमा टासिएको,बाहिर कालो रंगको सर्ट,सर्टका टाँक जति जम्मै खुल्ला भएर सर्टका भाग उत्तर र दक्षिण हावामा नासिरहेको मान्छे घामको मलिन चहकमा उसै हर्कमानको घर तर्फ आइरहेको थियो।तल भुँइमा सोरौला झैँ गरेर फुकेर ठुला ठुला हावा भरिएका जिन्सका पाइन्ट, पाइन्टमाथि कसिएका काला छालाका  कम्मर पेटी अडिएको थियो। छालाको गुण  भने कालान्तरले उखलेर छरप्रष्ट थियो।बडेमानको वक्ष छाती ले थामिएर काँधसम्म पुगेको थियो भने नमिलेका केशहरु हावा सँगै यता र उता हल्लिरहेका थियो।एउटा कालो चस्मा निधार भन्दा माथिका जुल्फीमा समातेर अडिएको थियो।कानलाई समाती केशबाट तपतप पसिना चुहेरहदा बाक्ला ती आखिभौँ तलतिर मसिना जुँगाका रेखी छन् ।नकाटिएका गालाका रौँहरु एकअर्का सँग रगडिएर तछाड मछाड गर्छन्।

पुग नपुग २८ होला ठिटो। घामको रापले धाँसिएको छ।।आलीको बगलमा घरीघरी बसी सुँइसुँइ सुस्केरा हालिरहेको छ ।एका हातमा भने रेडियो छ।रेडियो नँया देखिन्छ ।रेडियो हावाको सुस्केरा सगैँ चर्को तालमा गीत बजिरहेको छ।उसैगरि ऊ रेडियोको बटन बटारेर झनझन तिक्खर बजाउँछ।गीत बजाउँदै उकाली लागीरहदा गाँउका भुराहरू उसका अघि पछी घेरा लाग्छन्।

"आज ना छोडूँगा तुझे दम दमा दम
तूने क्या समझा है मुझे दम दमा दम
दिल में है तूफ़ान भरा दम दमा दम
नाच मेरी जान ज़रा दम दमा दम"




हर्कमानको घरसम्म त्यस ठिटोलाई भुराहरूले भने पछाईरहे।
"कहिल्यै यता नेपाल बतासिस हो कान्छा ।"तमासा हेरिरहेका हर्कमानले माथि घरका झ्यालबाट चिहाए।

"भयो हौ काका तीन दिन ।हिजो अस्ति माथि सदरमुकाम बस्यो।आज ओरालो लागेको।"

"यसपाली त बस्छस होला नि त।"

"हैन काका ! फर्किन्छु दशैँ बाधेर ।"

आज लोकमान गाउँ पसेको छ दशैँको सुवास लिएर।दशैँको रोगन  गाउँ भरी आज देखि फैलिएको छ।हरेक वर्ष यसै गरि विभिन्न भेष,भिन्न छविमा दशैँका हप्ता गाउँमा अर्को वह लिएर छिर्छ ।गाउँको दशैँको राग कस्तो भिन्नै हुन्छ।त्यसैले त गाउँ सम्झेर ऊ हरेक वर्ष गाउँ फर्कन्छ।मान्छेहरू दशैँको धमाधम तयारी गर्न थालीसकेका थिए।कतिका घरमा चामल कुटिसके,कतिका पालामा छन्,कतिका घरमा खसी अस्ति सदरमुकामबाट आइसकेँ,कतिका घरमा खसीनै नआए पनि सकिनसकि पावा दुई केजी मासु अष्टमिका दिन भान्सामा पाक्नेछ।कसैको घरमा यो पाली विदेसिएका बुढा आउँदैछन्,छोरा आउँदैछन्।हर्ष उल्लास दोब्बर आयतनले बढ्ने छ।मैयाँ काकीका छोराछोरीले नँया लुगाको रहर गर्ने छन्।बजारमा भोली नभए पर्सि गएर आफ्ना छोराछोरीलाई किनिरहदा पल्ला घरका भक्तबहादुरको छोराको नि सम्झना गर्ने छिन ।कठै कसरी पुरायोस त्यो भक्तेले ?कति आशा गर्दो हुन उसका छोराछोरीले पाल्ला घरका केटाकेटीले नँया लुगा लगाएको देखेर ।यो सम्झेर मैया काकीको मन कटक्क हुने छ ।दया दृष्टि मनोभावले  एक जोडा कपडा थप्ने छिन ।कसैको घरमा चुलो नबल्ने भन्ने हुने छैन ।मिठो मसिनो गाउँ आफैले बाड्नेछ ।दशै,गाउँ सबैले बाडेर भित्रयाउने छन।थोर बहुत सबैले खुशी पार्ने छन् अनि उसैगरि दशैलाई बिदा पनि गर्नेछन ।दशै पनि खुसिहाल फर्कने छ अर्को वर्ष उसैगरि सुखभोगमा आउने सर्तबन्दीमा

घरका माथिका झ्यालबाट लोकमानलाई हेरिरहेका हर्कबहादुर परसम्म उसलाई  हेरेर टोलाइरहन्छन्।आज मेरो छोरा पनि मुगलानबाट यसरी नै फर्किन्थियो होला भनी अनुमान लगाउँछन्।हर्कबहादुरको छोरा खसेका १८ वर्ष भइसक्यो।अकालमा चुडेर लग्यो।मुटुमा टाटो घाउ धेरै वर्षसम्म रहिरह्यो।हरेक दशैँमा ऊ सगैँका ठिटा गाउँ फर्कदा छोराको सम्झनाले कटक्क मन दुखाउँछन्।आज छोरा यत्रै हुन्थियो होला भनी अनुमान गर्छन्।गाउँ फर्कदा हरेक वर्ष दशैँमा लोकमान गएर हर्क काकासगँ दरटिका थापिदिन्छ।हर्कबहादुर पनि आफ्नै छोरा सरी माया गर्छन।लोकमान पनि काकालाई बडो सादार गर्छ,आदार गर्छ,प्रेम  गर्छ।अलि भएपनि दशैँको बेला हर्कबहादुरको मन उसलाई हेरेसी हलुङो हुन्छ।अनि भन्छन् "लोके,आज मेरो छोरा छैन,बुढी नि छिटै बिती तर त यसरी सधैँ आएर टीका थाप्दा आफ्नै छोरा आएर लगाए जस्तो लाग्छ।लोकमान पनि खिसिक्क हास्दै म पनि त तिम्रै छोरा हु नि त बाबै भन्छ ।हर्कप्रसादका आँसु आँखा वरिपरि छटपटाउँदा गदगद भएर मुसुकुराइदिन्छन्।



लोकमान भारतको सिलगुडीमा बस्छ।हरेक वर्ष गाउँ फर्कदा सिलगुडीको हावा पनि ऊ सगैँ बतासिएर आउँछ।त्यहा यस्तो,त्यस्तो ,यो देखे,यसलाई देखे ,यस्तो खाए,यता गए त्यता गए,बम्बाई पुगे,कोलकाता घुमेँ,यहा बाट ल्याएको यो,त्यो भन्दै नयाँ नयाँ सामान र जिनिस सबैलाई देखाउथियो।जिनिस देखेसी मान्छेहरूले पनि उसका बातमा सहमत जनाउँथे।गाँउलेहरू त त्यस्ता कुरा सुनेका मात्र हुन्थेँ।आफ्नै अगाडि देख्दा त लोकमानको कुरा पनि मान्य हुन्थियो ।हरेक बर्ष आउदा भिन्दाभिन्दै सामान आँउथे ।सामानसगैँ थुप्रै काहनी आउँथे ।सहरको काहनी ,मान्छेका कहानी ।अस्तिका बर्ष हिन्दी सिनेमाका अभिनेता आमिर खानको अटोग्राफ ल्याएको थियो।कति बुडापाकाले त आमिर खानलाई चलचित्रमा देखेका पनि छैन्न। रडेयोमा कहिलेकाही सुनेका मात्र छन्।बाकी तन्नेरिलेचाहिँ बजारमा पोस्टर देखेका छन।तल सदरमुकामको हलमा फिलिम पनि हेरेका छन ।यस्तो अकल्पनिय कुरा देख्दा सबै छक्क पर्थिए।सोही बर्ष गाँउ आउदा हिरो आमिर जस्ता लामालामा आकार भएका भुक्कभुक्क फुलेका सेतो पाइन्ट र सेतै कोटमा आएको थियो।भरत फिलिम भनेसी हुरुक्कै हुण्थियो ,त्यसमाथि आमिर खानको ठूलो फ्यान ठियो ।कोठा भरि बजारमा टासेका फिलिमका पोस्टर छने ठुला ठुला ।त्यो  अटोग्राफ कति ढिपि गर्दा नि लोकमानले उसलाई दिएन।पैसा लिन्छु भन्थियो।कम दुख गरेर पाएको हो भन्थियो।येतिकै पाइन्छ, उ वाउठिन्थियो।त्यसता ठुला मान्छे जसलाई पाए त्यसलाई अटोग्राफ दिन्छन्।त्यसमाथि भेट्न बम्बाई जानुपर्छ ।कैयो गफ सुनाउथियो




सुनखानिको,हिमाञ्लको, मद्रास घुमेको।तिनीहरूको त भाषै नबुझ्ने के भन्छन! भन्छन्! इसाराले बोलाउनु पर्ने तर मान्छे चाहिँ कालो भए पनि गुणी चै है। लोकमान एकपल्ट मद्रासको कहानी सुनाउँदा  भनेको थियो। एक चोटी मद्रास घुम्न जाँदा हराउँदा ल्याएर होटलसम्म लगिदिएका थिए। घुम्न त कति घुम्यो घुम्यो ।होटलका होटल, मान्छे पिछै मान्छे ,ठाउँठाउँ शहर शहर भन्दै गफ गरिरहन्थ्यो। सिलगुडीमा टाढैबाट दुई हात जोडेर उतैबाट नमस्कार पस्किन्छन्।बिहान खाना आएर कुलप्रसादका घरमा तास खेल्न बसेको गफ गरेर राति १२/१ बज्थियो।खेल्दा हार्दै जाँदा सामानहरु सँग साट्थियो।अस्ति वर्ष ल्याएको अटोग्राफ पनि त्यही साल तासमा कुलप्रसादसगँ हार्यो।कुलप्रसादलाई यस्ता चिजसगँ वास्ता छैन।उसले त्यो पछि भरतेलाई दिएको थियो।उसका गफ तुजुक ,रवाफ कतिले पत्याउँथे,कतिले पत्याउँदैनन् थिए तर जे भएपनि लोकमान गाउँ आउँदा गाउँलाईनै ग्वाचेँ बनाएर जान्थियो।हसाँउथियो,हल्लाखल्ला गर्थ्यो। राति अबेलासम्म कुलप्रसादका घरमा बसी तास खेल्थियो।




यो वर्षपनि काँधमा रेडियो थापेर गाउँ छिरेको छ लोकमान।यो वर्ष पनि उसै गरि कुलप्रसाद घरमा बसी तासको पत्ति फैलाउँदै कहानी सुनाउने छ।कतिले पत्याएर टाउको हल्लाउने छन्,कतिले पत्याए जस्तो गरिदिनेछन्।सके ल्याएको नयाँ रेडियो पनि बाजीमा हाल्नेछ।फेरीपनि रेडियो बाजी हार्न सक्छ तर उसले यो वर्ष उकास्ने तानामा छ।उसलाई त्यसैले खासै  लेहाज पार्दैन।
ऊ गाउँमा पसेकोमा खुसि देखिन्छ।नयाँ रेडियोबाट बजेको गीत सुनेर ढिकी कुटिरहेका आईमाईहरू एकपल्ट बाहिर आएर हेर्छन। "बज्या ! यो पाली बोल्ने  ठाडो बोकेर आएछ "भन्दै आफ्नो काममा फर्किन्छन् ।गाउँलेहरुले लोकमान आएको देखेर दशेैँको लहरसँगै सिलगुडीको बतास समेत महसुस गरेँ।                

                                                                      ✍️नितेस

                           To be continue.....

                                  ।।  







Comments

Popular posts from this blog

I MIGHT BE STILL THERE ON A CORNFIELD

  I MIGHT BE STILL THERE ON A CORNFIELD Muck leaf dead on corn field Laid slowly on a loamy bed Exhales life; loam soil puff off had believed there was no sky under the shade There was a lie about sky on a sunny day feather scattered?? What it might look; he was fascinated on a cold night; flowers rolls downs its wings To see a clear star on sky Tore down himself ,he floated away on the corn field Above flowers;which may look beautiful to you But yet; he doesnot want to fall for them Every spring brings new hope Every winter tore down every hopes This spring Maggot sings freely around the line This might be a time to blow away very high forever Do u remember  the last time When we were together on a same barren cornfield they wander ; i might be still there on a cornfield? Simplification :; Leaf = he  Flower = she Sky = reality cornfield = poetic illusion maggot=blissfulness

फक everything

  फक Everything      (कविता) घनघोर तपस्यामा झै साधु विचालत छ मानव, भित्री सुनसान मेल खोज्छ एक मन साधु भई जप जप्छ यहाँ अर्को विलक्षण मन जोगी भई सफर  सोध्छ यहाँ पाप पुण्य कसले जान्या छ र जोख दिने को छ र यहाँ के सही के गलत भनिदिने को छ र यहाँ मै पाप में धर्म छुट्याइदिने सेतु के छ र यहाँ? में गुणी, ज्ञानी, विवेकी सुरभि भन्ने चरित्र नी  लड्छ यहाँ अस्थिर मन  यहाँ कसले देख्न सक्छ र नसवक्षम पञ्चतन्त्र;अग्नि, वायु, जल भूमि बोल्न यहाँ म को नै हो र विचार गर्न र यहाँ भूमिबाट आई भूमिमै मास छर्ने यहाँ जीवन अस्थिर कहाँ नै छ र मानव मस्तिष्क बाहेक यहाँ न आतेस छ वृक्ष, फरफराउँदा हागों नहतास न चिन्तित नै छ वायु यहाँ, बग्छ छताछुल्ल तेज पारी भास्वर पनि प्रकाश एकछत्त समतुल्य छर्छ यहा न सुर्ता आगमको, न त शोक अतीतको जे कल्पित छ,त्यो हुन्छ ही हुन्छ हार नमान,बढ अघि,अभि अथ एउटै मन्त्र यँहा फक every thing,फक every thing।