Skip to main content

ARTHROPODA









 

Comments

Popular posts from this blog

I MIGHT BE STILL THERE ON A CORNFIELD

  I MIGHT BE STILL THERE ON A CORNFIELD Muck leaf dead on corn field Laid slowly on a loamy bed Exhales life; loam soil puff off had believed there was no sky under the shade There was a lie about sky on a sunny day feather scattered?? What it might look; he was fascinated on a cold night; flowers rolls downs its wings To see a clear star on sky Tore down himself ,he floated away on the corn field Above flowers;which may look beautiful to you But yet; he doesnot want to fall for them Every spring brings new hope Every winter tore down every hopes This spring Maggot sings freely around the line This might be a time to blow away very high forever Do u remember  the last time When we were together on a same barren cornfield they wander ; i might be still there on a cornfield? Simplification :; Leaf = he  Flower = she Sky = reality cornfield = poetic illusion maggot=blissfulness

दशैँ र सिलीगुड़ीको हावा

  दशैँ र सिलीगुड़ीको हावा             भाग-१ पश्चिममा घाम सल्कनु अघिनै हर्कमानको घर पछाडीको डिबिया  भित्र सानो उजेली परैबाट उज्जर थियो।गोठभित्र खनिएको ठाँउबाट दुईवटा खाबा गाडेर अगाडिको शिर पट्टि ढेड फुट जति वर मुस्ली जोडिएको थियो भने पछाडी सम्म परेको भागमा उभिएर दुईजना स्वास्नी मान्छे खुट्टाले भसाएर ढिकी उचाल्दै पर्छादै थिए।भरखर भरखर धान फुटेका चिउराको आलो राग हर्कमानको घर अगाडि बाटा भरि रत्तिएको थियो।घरको पिढी देखि लिएर भित्ताका भाटाहरू सबै गोबरले लेप लगाएको थियो।सकभर आज सबैकाका घर रतुवा मटकिलोले फर्माएको छ।त्यतिनै बेला पर खेतका आली हुँदै सेता मलिन परेको गन्जी ,पसिनाले टपक्कै जिउमा टासिएको,बाहिर कालो रंगको सर्ट,सर्टका टाँक जति जम्मै खुल्ला भएर सर्टका भाग उत्तर र दक्षिण हावामा नासिरहेको मान्छे घामको मलिन चहकमा उसै हर्कमानको घर तर्फ आइरहेको थियो।तल भुँइमा सोरौला झैँ गरेर फुकेर ठुला ठुला हावा भरिएका जिन्सका पाइन्ट, पाइन्टमाथि कसिएका काला छालाका  कम्मर पेटी अडिएको थियो। छालाको गुण  भने कालान्तरले उखलेर छरप्रष्ट थियो।बडेमानको वक्ष छाती ल...

फक everything

  फक Everything      (कविता) घनघोर तपस्यामा झै साधु विचालत छ मानव, भित्री सुनसान मेल खोज्छ एक मन साधु भई जप जप्छ यहाँ अर्को विलक्षण मन जोगी भई सफर  सोध्छ यहाँ पाप पुण्य कसले जान्या छ र जोख दिने को छ र यहाँ के सही के गलत भनिदिने को छ र यहाँ मै पाप में धर्म छुट्याइदिने सेतु के छ र यहाँ? में गुणी, ज्ञानी, विवेकी सुरभि भन्ने चरित्र नी  लड्छ यहाँ अस्थिर मन  यहाँ कसले देख्न सक्छ र नसवक्षम पञ्चतन्त्र;अग्नि, वायु, जल भूमि बोल्न यहाँ म को नै हो र विचार गर्न र यहाँ भूमिबाट आई भूमिमै मास छर्ने यहाँ जीवन अस्थिर कहाँ नै छ र मानव मस्तिष्क बाहेक यहाँ न आतेस छ वृक्ष, फरफराउँदा हागों नहतास न चिन्तित नै छ वायु यहाँ, बग्छ छताछुल्ल तेज पारी भास्वर पनि प्रकाश एकछत्त समतुल्य छर्छ यहा न सुर्ता आगमको, न त शोक अतीतको जे कल्पित छ,त्यो हुन्छ ही हुन्छ हार नमान,बढ अघि,अभि अथ एउटै मन्त्र यँहा फक every thing,फक every thing।